काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको अाज निधन भएको छ ।
सुनसरीको इटहरी निवासी ९१ वर्षिय स्व विष्टको हृदयघातका कारण निधन भएको हो ।
स्व विष्टको सोमबार बिहान दाहसंस्कार गरिने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
एमालेको राजनीतिमा सक्रिए रहेको उनी क्षेत्रिय कमिटिको सल्लाहकार थिए । पछिल्लो समय उनी सामाजिक कार्यमा समेत सक्रिय थिए ।