बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपद्धारा तेक्वान्दो सहित तीनवटा संघ पुर्नगठन

मंगलबार, ०५ पौष २०७९खेलपाटी संवाददाता
राखेपद्धारा तेक्वान्दो सहित तीनवटा संघ पुर्नगठन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले तेक्वान्दो सहित तीन वटा संघ पुर्नगठन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले तेक्वान्दो सहित उसु र बडिबिल्डिङ संघलाई पुर्नगठन गरेको हो । 

राखेप सदस्य सचिव टंकलाल घिसिङले अस्तित्वमा रहेका दुई वटै तेक्वान्दो संघलाई बिगठन गर्दै प्रदीप जोशीको संयोजकत्वमा तदर्थ कमिटी बनाएका छन् भने विवादीत नेपाल उसु महासंघमा जनक बर्तौलाको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको छ । 

यस्तै दुई वटा संघको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतीका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो । 

नयाँ बनेका तदर्थ कमिटिलाई तीन महिनामित्र निर्वाचन गर्न निर्देशन दिईएको छ ।

राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलको लागि एउटा मात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको धारा २६ को दफा ५ को उपदफा (४) मा परिषदमा दर्ता गर्दा एक खेलको लागि एकभन्दा बढी तथा एकै उद्धेश्य वा समान नाम भएका एकभन्दा बढी संघ वा महासंघलाई दर्ता गरिने छैन भन्ने उल्लेख छ ।

ऐनको दफा ६ को उपदफा ५ मा ऐन प्रारम्भ हुदाँको बखत एउटै खेलको लािग एकभन्दा बढी खेल संघ वा महासंघ गठन भएका रहेछन् भने ऐन लागू भएको मितिले तीन महिनाभित्र एउटै खेल संघ वा महासंघ गठन गरी दर्ताका लागि परिषद्ले सुचना निकाल्ने उल्लेछ । 

राखेपको १ सय १३ औं बोर्ड बैठकले संघको विवाद समाधानका लागि उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति गठन गरेको थियो । 

समितिले एकै प्रकृतिका दुई भन्दा बढी संघलाई छलफलमा बोलाएर विवाद समाधानका लागि प्रयास गरेको छ । तर छलफलबाट विवाद समाधान हुन नसकेपछि तेक्वान्दोमा प्रदीप जोशी, उसुमा जनक बर्तौला र बडिबिल्डिङमा  सहमतीबाट राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको छ । 

उपाध्यक्ष कोईराला नेतृत्वमा बनेको विवाद समाधान समितिले विवादीत संघलाई सहमतीबाट समाधान खोज्न आग्रह गरेको थियो । बडिबिल्डिङमा राजेशबाबु श्रेष्ठ नेतृत्वको नेपाल बडिबिल्डिङ एण्ड फिटनेश संघ र तत्कालिन शिवलाल श्रेष्ठको नेतृत्वको नेप्लिज फेडेरेसन बडिबिल्डिङ एण्ड फिटनेस संघ अस्तित्वमा रहदै आएका थिए । 

समितिको छलफलमा आएका दुवै संघका पदाधिकारीले मिलेर जाने धारणा राखेका थिए । दुवै संघले आपसी सहमतीका आधारमा राजेशबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी बनाउन माग सहित निवेदन दिएका थिए । संघको सहमती अनुसार राखेपले श्रेष्ठको संयोजकत्वमा नेपाल बडिबिल्डिङ एण्ड फिटनेश संघको तदर्थ कमिटी गठन गरेको छ । 

नेपाल बडिबिल्डिङ एण्ड फिटनेश संघ अस्तित्वमै रहेको बेला राखेपका तत्कालिन उपाध्यक्ष लामा टेन्डि शेर्पाले शिवलाल श्रेष्ठको नेतृत्वमा नेप्लिज फेडेरेसन बडिबिल्डिङ एण्ड फिटनेस संघ दर्ता गराएका थिए । राखेपको निर्णयविरुद्ध श्रेष्ठ नेतृत्वको संघ अदालत समेत गएको थियो । दुवैको अन्तराष्ट्रिय मान्यता फरक फरक रहेको भन्दै अदालतले दुवै संघको दर्तालाई मान्यता दिएपछि एकै प्रकृतिका दुई बडिबिल्डिङ संघ अस्तित्वमा थिए । राखेपको पछिल्लो पहलपछि सहमतीमै बडिबिल्डिङ संघको विवाद समाधान भएको छ । 

तर सोही प्रकृतिको समस्या झेल्दै आएको तेक्वान्दो संघमा भने सहमती जुट्न सकेन । नेपाली खेलकुदमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ गरि तेक्वान्दोका दुई संघ अस्तित्वमा छन् । समितिले विवाद समाधानका लागि पटक पटक दुवै संघका पदाधिकारीलाई छलफलमा बोलाएको थियो । तर अन्तराष्ट्रिय मान्यता पाएको नेपाल तेक्वान्दो संघका पदाधिकारी राखेपको सम्पर्क र छलफलमा नआएको समितिका एक सदस्यले खेलपाटीलाई बताए । 

संघको विवाद समाधानको जिम्मेवारी पाएका राखेप उपाध्यक्ष शिव कोईरालानै राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष हुन् । त्यसको कार्यवहाक अध्यक्षको जिम्मेवारीमा एकनाथ थापा छन् ।

विवाद समाधान समितिले तीन पटक पत्र लेख्दै नेपाल तेक्वान्दो संघलाई छलफलमा बोलाएको थियो । तर संघका पदाधिकारीले परिषद्को पत्रको बेवास्ता गर्दै छलफलमै नआएपछि राखेपले तेक्वान्दोका पुराना खेलाडी प्रदीप जोशीको अध्यक्षमा तेक्वान्दोको तदर्थ कमिटी गठन गरेको छ । तेक्वान्दोको तदर्थ कमिटीका फुटबल संघ एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधर भने महासचिवको रुपमा अटाएका छन् ।  

यस्तै, पछिल्लो समय विवादीत देखिएको नेपाल उसु महासंघभित्रको विवाद समाधानका लागि समितिले अध्यक्ष वीरबहादुर तामाङ सहितका पदाधिकारीलाई छलफलमा बोलाएका थिए । उपाध्यक्ष शैलेश कर्मचारी सहित महासचिव राजीव महर्जनले सम्बन्धि खेलको विकाशमा नेतृत्व उदासीन रहेको आरोप सहित राखेपमा उजुरी गरेका थिए । सोही आधारमा संघको विवाद समाधान समितिले अध्यक्ष तामाङलाई छलफलमा बोलाएको थियो । तामाङले समेत समितिको पत्रको जवाफ नदिएपछि राखेपले ऐन कार्यान्वनयमा उदासिन देखिएको आरोप सहित नेपाल उसु महासंघको पुर्नगठन गर्दै जनक बर्ताौला संयोजकत्वमा तदर्थ कमिटी गठन गरेको छ । बर्तौला राष्ट्रिय खेलकुद परिषद् राखेपका बोर्ड सदस्य हुन् । उनी उसु महासंघका उपाध्यक्ष समेत थिए । 

गठन गरिएका तीनै वटा संघलाई तीन महिनाभित्र निर्वाचन गरेर नयाँ कार्यसमिति गठन गर्न म्यानडेट दिईएको छ । 

ऐन कार्यान्वयनमा खेलकुदको नेतृत्व उदासीन बन्दा घरेलु खेलकुद भद्रगोल अवस्थामा छ । मंगलबारमात्र राखेपले तीन संघलाई पुनर्गठन गर्दै तदर्थ कमिटी गठन गरेर ऐन कार्यान्वयनमा तदारुपता देखाएको छ । 
 

Loading ad...
LiNing Ad
#राखेप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने