काठमाडौं । अध्यक्ष बुद्धरत्न श्रेष्ठलाई निरन्तरता दिदै नेपाल पेनक्रेसन एथ्लिमा संघको तेश्रो अधिवेशनले १९ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
जीवन शाहीले उपाध्यक्ष, स्वयम्भूराज डंगोलले महासचिव, सानुकाजी श्रेष्ठ र रमेश डंगोलले सचिव तथा हरिराज श्रेष्ठले कोषाध्यक्षको जिम्मेवारी पाए ।
प्रदीप खड्का, प्रदीप तिमल्सेना, सुवर्ण अधिकारी, श्याम श्रेष्ठ, देवराज वञ्जारा, चिन लामा, सुरेशबाबु श्रेष्ठ, सुमित्रा श्रेष्ठ, राजु महर्जन, विनिता श्रेष्ठ, जयप्रकाश गुप्ता, सर्गम गिरी र नम्रता बानियाँ सदस्यमा चयन भए ।
साधारणसभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे ।