कतार विश्वकप : अस्थायी रंगशाला स्टेडियम ९७४ भत्काइदै
मंगलबार, २० मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतार विश्वकपका लागि तयार गरिएको अस्थायी रंगशाला स्टेडियममा ९७४ भत्काइने भएको छ ।
विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो ।
स्टेडियम ९७४ मा विश्वकपका ७ खेलहरु आयोजना भएको थियो ।
यस रंगशालामा ब्राजिल र दक्षिण कोरियाबीच अन्तिम खेल भएको छ ।
सोमबार राति भएको खेलमा ब्राजिलले कोरियालाई ४-१ ले हराएको थियो ।
स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो ।
यस रंगशाला ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको थियो ।
कतार विश्वकप : अस्थायी रंगशाला स्टेडियम ९७४ भत्काइदै






-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




