अमेरिका नकआउट चरणमा
मंगलबार, १३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे ।
उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै अमेरिका समूह 'बी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो ।
इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अमेरिका नकआउट चरणमा





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


