नेदरल्यान्ड्स समूह विजेता
मंगलबार, १३ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे ।
यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो ।
नेदरल्यान्ड्स समूह 'ए' को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
कतारले ३ खेलमा अंक जोड्न सकेन ।
कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।
नेदरल्यान्ड्स समूह विजेता





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


