जापानविरुद्ध कोस्टारिका : म्याच प्रिभ्यु

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज आईतबार चार खेल हुदैछ । आजको पहिलो खेलमा समूह 'ई' मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ ।
जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । जापान आजको खेलमा दोस्रो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । उता,कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछन् ।
कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो । कोस्टारिकालाई अन्तिम १६ मा स्थान बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।
यस समूहमा स्पेन ३ अंक जोडेर शीर्ष स्थानमा रहदा जापान समान ३ अंकमा रहे पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।
जर्मनी र कोस्टारिका अंक बिहिन रहेर क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् ।
हेड टु हेड -
जापान र कोस्टारिका बिचमा हालसम्म दुई खेल भएको छ । जसमा दुबै खेलमा जापान विजयी भएको छ । दुई टोलीबीच यो तेस्रो खेल हो ।







-1772072487017.webp&w=3840&q=75)



-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)