शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

रशिला र अनु फाइनलमा

शुक्रबार, ०९ मंसिर २०७९खेलपाटी संवाददाता
रशिला र अनु फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–९ ले पराजित गरेकी हुन् ।

यस्तै अर्को खेलमा सेनाकी अनुले सेनाकै प्राथना देउवामाथी १७–२१, २१–१८, २१–१७ को कठिन जित निकाल्दै उपाधीका लागि रशिला संगको भेट पक्का गरेकी हुन् ।
ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाईनल खेलमा राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल सेनाका दिवस शंकरलाई पराजित गर्दै अन्तिम ४ मा स्थान बनाउन सफल भएका छन् । दाहालले शंकरलाई २१–१०, २१–१२ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै कास्कीका विधान अधिकारीले एपिएफका देवराज रानामाथी २१–१३, २१–११ को जित निकाल्दै सेमिफाईनलमा प्रिन्स दाहालसंगको भेट पक्का गरेका छन् । अर्को खेलमा सेनाका प्रफुल महर्जन पुलिसका हिरा राई माथी २१–१६ , २१–७ को सहज जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् ।

अब प्रफुलले फाइनल प्रवेशका लागि १६ फिदरका क्षितिज खनालको सामना गर्ने छन् । क्षितिजले सेनाका पविन लिनथेपमाथी २१–१२,२१–९ को जित निकाल्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै छात्रा यू-१७ मा सेनाकी रिहाना शेरचनले सेनाकै समृद्धि श्रेष्ठलाई २१–१५, २१–१० ले पराजित गर्दै फाईनल प्रवेश गरिन् । अर्को खेलमा कैलालीकी रञ्जु राना र ललितपुरकी श्रेया बज्राचार्यविच भएको खेलमा रञ्जुले बाजी मारिन् । उनले १९–२१, २१–१९, २१–१३ को जित निकाल्दै फाइनलमा उपाधीका लागि रिहानासंगको भेट पक्का गरेकी हुन् ।

यसै गरि छात्र तर्फ सेनाका कवीर के.सी. फाइनल प्रवेश गरे । कवीरले कैलालीका रोशन साउदलाई २१–१९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अर्को खेलमा सेनाका अनिल मल्ले जित निकाले । अनिलले शुभकामना युवा क्लबका सनौला रैनीलाई २१–१५, २२–२० को जित निकाल्दै उपाधिका लागि कवीरसंगको भेट पक्का गरेका हुन् ।

भेट्रान ४५ वर्ष माथीको प्रतिस्पर्धामा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राजेश थापाको जोडी तथा किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडी सेमिफाईनल प्रवेश गरेका छन् । यस्तै कास्कीका राजेश गुरुङ्ग र शंभु कुमार श्रेष्ठको जोडी र कालीका ब्याडमिन्टन क्लबका राम के.सी. र हरी खत्रीको जोडीले पनि अन्तिम ४ को यात्रा तय गरे ।

Bajaj Pulsar Motorcycle Ad
रशिला र अनु फाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत