काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेडले किट्स पार्टनरको रुपमा एनी ब्राण्डसँग सम्झौता गरेको छ ।
चर्च ब्वाइजले बुधबार नेपाली खेलकुद पोशाक उत्पादक कम्पनी एनीसँग किट्स पार्टनरको रुपमा सम्झौता गरेको हो।
चर्च ब्वाइजले एनीसँग एक वर्षको सम्झौता गरेको हो ।
क्लबका अध्यक्ष टंकलाल राई, उपाध्यक्ष जनारञ्जन देवकोटा र एनीका अध्यक्ष सन्तोष थोप्रा र काठमाडौं मार्केटिङ प्रतिनिधि विजय प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै एनीले चर्च ब्वाइजमा २५ लाख बराबरको किट्स उपलब्ध गराउनेछ ।
चर्च ब्वाइजले हरेक कार्यक्रममा किट्स पार्टनरको रुपमा एनीलाई अघि सार्नेछ ।
चर्च ब्वाइजले आगामी ए डिभिजन लिगमा एनी ब्राण्डको जर्सी प्रयोग गर्नेछ ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।