काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दुई घरेलु खेलमा प्रतिबन्ध लागेको छ ।
एभर्टनका समर्थनको हातबाट फोन खोसेको आरोपमा इंग्ल्यान्ड एफएले रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध गरिएको हो ।
गत अप्रिलमा गुडिसन पार्कमा एभर्टनसँग हार बेहोरेपछि प्लेयर बक्स फर्किने क्रममा रोनाल्डोले एभर्टन समर्थकको फोनमा ठक्कर दिएका थिए ।
यस्तै रोनाल्डोलाई ५० हजार पाउण्ड जरिवाना समेत तोकिएको छ ।
रोनाल्डोले मंगलबार युनाईटेड छाडिसकेका छन् ।
मुख्य प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेपछि रोनाल्डोले आपसी सहमतिमा युनाइटेड छाडेका हुन् ।
रोनाल्डो विश्वकप फुटबलका लागि कतारमा छन् ।
रोनाल्डोको कप्तानीमा पोर्चुगलले बिहीबार घानाको सामना गर्नेछ ।
यस प्रतिबन्ध अन्तराष्ट्रिय खेलमा लागु हुँदैन ।