शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

सेनाका पविन दोश्रो चरणमा

बुधबार, ०७ मंसिर २०७९खेलपाटी संवाददाता
सेनाका पविन दोश्रो चरणमा
mustang rice ad

काठमाडौं । नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका शिषिर राना, रिभियरा ईन्टरनेशनल एकेडेमीका सुमित थोकर, १६ फिदरका सुजन थापा, कञ्चनपुरका निखिल भट्ट, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका हिरा राई, १६ फिदरका सुलभ पौडेल, कास्कीका विसन गुरुङ, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापा, भक्तपुरका मुकेश श्रेष्ठ, मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्थ र सेनाका हिमाल चन्द रहेका छन् ।

राष्ट्रिय वरीयता समेत रहेको प्रतियोगितामा राजेन्द्रले देवीनगरका रिषभ राईलाई २१–१५, २१–११, अमनले सेनाका सन्तोष पनेरुलाई २१–१६, १४–२१, २१–१९, चन्द्रिकाले शुभकामना युवा क्लबका सनौला रैनीलाई १६–२१, २१–१३, २१–१५, अनिलले उदयपुरका विनय चौधरीलाई २१–१८, १९–२१, २१–१८, शिषिरले गजुरी ब्याडमिन्टन क्लबका आशिष रानालाई १८–२१, २१–१२, २१–१२, सुमितले मोरङ्ग जिल्ला ब्याडमिन्टन संघका सुचक खड्काबाट वाकओभर, सुजनले सेनाका गोकुल जोराबाट वाकओभर, निखिलले दीपक ब्याडमिन्टन एकेडेमीका अमन तामाङलाई २१–१६, १९–२१, २१–१५, हिराले हिमरेकका  डिकेन्द्र लम्साललाई २१–१५, २१–४, सुलभले सेनाका आकाश थापालाई २१–४, २१–५, विशनले भोजपुरका बिशाल तामाङलाई १५–२१, २१–१४, २२–२०, बविशले पाँचथरका एशिया जवेगुबाट वाकओभर, मुकेशले दीपक ब्याडमिन्टन एकेडेमीका निरञ्जन सिलवाललाई २१–११, २३–२१, सुप्रिमले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१–११, २१–१४ र हिमालले कोन्टि ब्याडमिन्टन क्लबका संगम मोक्तानलाई २१–१२, २१–९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका हुन् ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । यस्तै मेयर महर्जनले प्रतियोगिताका रेफ्रि अनुप रत्न शाक्ललाई सटलकर्क प्रदान गर्दै खेलको सुरुवात गरेका थिए । उद्घाटन कार्यक्रममा उपमेयर मंजली शाक्य बज्राचार्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

LiNing Ad
सेनाका पविन दोश्रो चरणमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
एलिट–१४ एन्ड अन्डर ट्रफीमा चौथो भइन् शिभाली

एलिट–१४ एन्ड अन्डर ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

पुलिसको फाइनल पुग्ने सम्भावना कायमै

 एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

एपीएफलाई पराजित गर्दै थाइल्यान्ड क्विन्स तेस्रो

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर २०० र ५००

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने

निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने