काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले क्लबसँगको सम्झौता थप गरेका छन् ।
स्पेनिस प्रशिक्षक ग्वार्डीओलाले सिटीसँग दुई वर्षको नयाँ सम्झौता गरेका हुन् ।
५१ वर्षीय ग्वार्डीओला २०२५ सम्म सिटीमा रहने छन् ।
'सिटीमा थप दुई वर्ष रहन पाउँदा खुशी छु,' सम्झौता नवीकरण गरेपछि ग्वार्डीओलाले भनेका छन् ।
ग्वार्डीओला २०१६ मा सिटीको मुख्य प्रशिक्षक बनेका थिए ।
सिटीलाई उनले चार प्रिमियर लिगसहित ११ उपाधि दिलाएका छन् ।
उनको नेतृत्वमा सिटीले ३ सय ७४ खेल खेलेको छ ।