काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मालिकहरू ग्लेजर परिवारले क्लब बेच्ने योजना बनिरहेको बताएका छन् ।
युनाईटेड एक विज्ञप्ति निकाल्दै 'रणनीतिक विकल्पहरू खोज्दै' क्लब बेच्नेबारे विचार गरिएको जनाएको छ ।
अमेरिकी ग्लेजर परिवारले सन् २००५ मा ७९० मिलियन पाउण्डमा युनाईटेड किनेका थिए।
क्लबको एक विज्ञप्तिमा भनिएको छ कि बोर्डले क्लबमा नयाँ लगानी, बिक्री वा कम्पनी संलग्न अन्य लेनदेन सहित सबै रणनीतिक विकल्पहरू विचार गर्नेछ ।
क्लबको पुरुष, महिलाको दीर्घकालीन सफलतालाई बढावा दिन, स्टेडियम र पूर्वाधार पुनर्विकास र विश्वव्यापी स्तरमा क्लबको व्यावसायिक सञ्चालनको विस्तार सहित क्लबलाई बलियो बनाउन नयाँ कदम चालिने बताईएको छ ।
२०१२ मा ग्लेजर परिवारले १० प्रतिशत शेयर बेचेको थियो । त्यसपछिका वर्षमा थप शेयर बेचेको थियो ।
'हामीले क्लबको सफलताको इतिहासमा निर्माण जारी राख्न बोर्डले रणनीतिक विकल्पहरूको विस्तृत मूल्याङ्कनलाई अधिकार दिएको छ,' कार्यकारी सह-अध्यक्ष र निर्देशक अवराम ग्लेजर र जोएल ग्लेजरले विज्ञप्तिमा भनेका छन् ।