काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूले चाहेको बेला बोल्ने र क्लबसँगको विवादले विश्वकपमा आफ्नो टोली पोर्चुगललाई असर नगर्ने बताएका छन्।
रोनाल्डोले सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफुले चाहेको बेला बोल्ने बताएका हुन् ।
'मैले अरूले के सोच्छन् भनेर सोच्नु पर्दैन। म जब चाहन्छु बोल्छु। खेलाडीहरूले मलाई धेरै वर्षदेखि राम्ररी चिन्छन् र म कस्तो प्रकारको छु,' पोर्चुगिज कप्तानले भने ।
पोर्चुगिज फरवार्ड रोनाल्डो पछिल्लो समय विवादमा तानिएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई क्लबले धोका दिएको र म्यानेजर एरिक टेन ह्यागप्रति आफूलाई कुनै सम्मान नभएको बताएपछि उनी विवादमा तानिएका हुन् ।
रोनाल्डोको अभिव्यक्तिपछि युनाईटेडले कानुनी विकल्प खोजिरहेको बताईएको छ ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले विश्वकपमा पोर्चुगिज टोलीले आफुलाई प्रमाणित गर्ने समेत बताए ।
'मलाई लाग्छ कि यो पोर्चुगल टोलीमा अद्भुत क्षमता छ। मलाई लाग्छ कि हामी निश्चित रूपमा जित्न सक्छौं, तर हामीले अर्को खेलमा ध्यान केन्द्रित गर्न आवश्यक छ। त्यसैले, यो घानामा केन्द्रित छ,' रोनाल्डोले भने, 'मलाई विश्वास छ पोर्चुगल यो विश्वकपको उत्कृष्ट टोली हो। तर हामीले यसलाई पिचमा देखाउन आवश्यक छ।'
पोर्चुगलले समूह एचको पहिलो खेलमा बिहीबार घानासँग खेल्नेछ।