काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई हराएको छ ।
बिहीबार राति भएको खेलमा स्पेनले जोर्डनलाई ३-१ गोल अन्तरले हराएको हो ।
खेलको १३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा गाभीले गोल गर्दा स्पेनको अग्रता २-० को बनायो ।
निको विलियम्सले ८४ औं मिनेटमा गोल गरेपछि स्पेनको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा जोर्डनका हाम्जा अल डारडौरले गोल गरेपनि स्पेन ३-१ ले विजयी भयो ।
विश्वकपमा स्पेन समूह 'ई' मा रहेको छ ।
यस समूहमा जर्मनी, कोस्टारिका र जापान रहेको छ ।
स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।