काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएका छन् ।
च्याम्पियन नेपाली शनिबार राति नेपाल आईपुगेका हुन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले स्वागत गरेका थिए ।
नेपालले अपराजित रहदै उपाधि जितेको थियो ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा नेपालले ४ खेलमा १० अंक जोडेको थियो ।
बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।
भुटान अंक विहीन रहदै घर फर्कियो ।
