काठमाडौं । फिफा विश्वकप फुटबलका लागि दक्षिण कोरियाले टिम घोषणा गरेको छ।
दक्षिण कोरियाले शनिबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
दक्षिण कोरियाले घोषणा गरेको टोलीमा सन ह्युङ मिन अटाएका छन् । चोटका बाबजुत उनी टोलीमा अटाएका हुन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा दक्षिण कोरिया समूह 'एच' मा रहेको छ ।
यस समूहमा पोर्चुगल, उरुग्वे र घाना रहेको छ ।
दक्षिण कोरियाले उरुग्वेसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
