काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार आठ खेलहरु हुँदैछन् ।
प्रिमियर लिगमा शनिबार आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको खेल हुँदैछन् ।
शीर्ष स्थानको आर्सनलले उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ । खेल साँझ ६:१५ बजे सुरु हुनेछ ।
लिभरपुलले राति ८:४५ बजेबाट साउथह्याम्पटनको सामना गर्नेछ । यसै समयमा हुने अन्य खेलमा एभर्टनले बर्नेमाउथ, टोटेनहमले लिड्स, लेस्टरले वेस्ट ह्याम र क्रिस्टल प्यालेसले नटिङघम फरेस्टको सामना गर्नेछ ।
त्यस्तै चेल्सीले न्युकासलसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ ।