काठमाडौं । फिफा विश्वकप फुटबलका लागि आयोजक कतारले टिम घोषणा गरेको छ ।
कतारले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतारले घोषणा गरेको टोलीमा सर्वाधिक गोलकर्ता अल्मोइज अली अटाएका छन् । उनले कतारका लागि ८५ खेलमा ४२ गोल गरिसकेका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा कतार समूह 'ए' मा रहेको छ ।
यस समूहमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेको छ ।
कतारले उद्घाटन खेल नोभेम्बर २० मा इक्वेडरसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
