काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली आज शनिबार स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली शनिबार साँझ स्वदेश फर्कने जनाएको छ ।
हिमालयन एयरलाइन्सबाट नेपाली टोली साँझ ५:४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने छन् ।
नेपालले अपराजित रहदै उपाधि जितेको थियो ।
ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा नेपालले ४ खेलमा १० अंक जोडेको थियो ।
बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।
भुटान अंक विहीन रहदै घर फर्कियो ।