विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा
शुक्रबार, कार्तिक २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि अर्जेन्टिनाले टिम घोषणा गरेको छ ।
अर्जेन्टिनाले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा टोली घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा अर्जेन्टिना समूह 'सी' मा रहेको छ ।
यस समूहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेको छ ।
अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।













-1763024272658.jpeg&w=3840&q=75)