विश्वकप खेल्ने फ्रान्सको टिम घोषणा
बिहिबार, कार्तिक २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि फ्रान्सले टिम घोषणा गरेको छ ।
साविक विजेता फ्रान्सले बुधबार विश्वकपका लागि २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
फ्रान्सले घोषणा गरेको टोलीमा डिफेन्डर राफायल भरान अटाएका छन् ।
गोलकिपर ह्युगो लोरिसले चौंथो पटक फ्रान्सको विश्वकप टोलीमा स्थान बनाएका छन् ।
करिम बेन्जिमा र केलियन एमबाप्पे टोलीमा छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा फ्रान्स समूह 'डी' मा रहेको छ ।
फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने फ्रान्सको टिम घोषणा








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)