काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई ६-१ गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा फेडेरिको डिमार्कोले दुई गोल गरे ।
इडेन डेज्को, लाउटरो मार्टिनेज, हाकन र रोबिन गोसेन्सले एक एक गोल गरे ।
बोलोग्नाका चारालाम्पोसले एक गोल फर्काए ।
जितसँगै इन्टरले १४ खेलमा २७ अंक जोडेको छ ।
इन्टर चौंथो स्थानमा रहेको छ ।
बोलोग्ना १६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।