काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुल काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै लिभरपुलले अर्को चरणमा स्थान बनाएको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा लिभरपुलका हार्भे इलियट, डार्विन नुनेज र एलेक्स चेम्बरलिनले गोल गरे । रोबर्टो फिर्मिन्हो र स्टेफानले गोल गर्न सकेनन् ।
काउन्टीका लुइ सिब्ले र डाभिड म्याकगोल्ड्रीकले गोल गर्दा लेविस डोबिन, क्रेग र कोनोरले गोल गर्न सकेनन् ।
टोटेनहम भने तेस्रो चरणबाट बाहिरिएको छ ।
नटिङघम फरेस्टसँग २-० ले पराजित भएपछि टोटेनहम बाहिरिएको हो ।
फरेस्टको जितमा रेनन लोडी र जेसे लिंगार्डले एक एक गोल गरे ।
फरेस्टले चौंथो चरणमा स्थान बनाएको छ ।