काठमाडौं । आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनसँग ३-१ गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले हार व्यहोरेको हो ।
खेलको २० औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २७ औं मिनेटमा ड्यानी वेल्बेकले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३-१ को जित दिलाए ।
यस जितसँगै ब्राइटनले चौंथो चरणमा स्थान बनाएको छ ।