काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले हराउँदै सिटीले चौंथो चरणमा स्थान बनाएको हो ।
सिटीलाई जित दिलाउन रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गरे ।
खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५८ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
चेल्सी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को खेलमा उल्भ्सले लिड्सलाई १-० ले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।
अर्को खेलमा साउथह्याम्पटनले सेफिल्ड वेनस्डेलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएर अर्को चरणमा स्थान बनाएको छ ।
न्युकासलले क्रिस्टल प्यालेसलाई पेनाल्टीमा ३-२ गोल अन्तरले हराएर चौंथो चरणमा स्थान बनाएको छ ।