काठमाडौं । इंग्ल्यान्डका डिफेन्डर रिस जेम्सले फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण जेम्सले कतारमा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।
चेल्सीका २२ वर्षीय डिफेन्डर गत अक्टोबर ११ मा एसी मिलानविरुद्धको खेलमा चोट बोकेका थिए ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
इंग्ल्यान्डले २१ नोभेम्बरमा इरानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।