काठमाडौं । दक्षिण कोरियाका फरवार्ड सन ह्युङ मिन फिफा विश्वकपका लागि टिममा उपलब्ध हुने भएका छन् ।
सनले बुधबार सामाजिक संजालबाट आफु विश्वकपका लागि फिट हुने बताएका छन् ।
च्याम्पियन्स लिग अन्तर्गत मार्सेविरुद्धको खेलमा उनले चोट बोकेका थिए । उनको बायाँ आँखाको माथिल्लो भागमा चोट लागेको थियो ।
'म यो विश्वलाई गुमाउन चाहन्न । म सुन्दर देशको प्रतिनिधित्व गर्न पर्खन सक्दिन,' उनले लेखेका छन् ।
'विश्वकपमा देशका लागि खेल्नु धेरै बच्चाहरुको सपना हो । मेरो पनि थियो,' उनले थपे ।
सनको शुक्रबार शल्यक्रिया गरिएको थियो । उनी आराम गरिरहेका छन् ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि सुरु हुँदैछ ।
विश्वकपमा दक्षिण कोरियाले पहिलो खेल २४ नोभेम्बरमा उरुग्वेसँग खेल्नेछ ।