काठमाडौं । क्रोएसियाले फिफा विश्वकप फुटबलका लागि टिम घोषणा गरेको छ ।
क्रोएसियाले लुका मोड्रिचलाई समेट्दै विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
रियल मड्रिडका मोड्रिचको यो चौंथो विश्वकप हो । उनी २०१८ को उत्कृष्ट खेलाडी बनेका थिए ।
टोटेनहमका इभान पेरिसिच र चेल्सीका माटियो कोभासिच समेत टोलीमा अटाएका छन् ।
कतार विश्वकपमा क्रोएसिया समूह 'ई' मा रहेको छ । यस समूहमा बेल्जियम,क्यानडा र मोरक्को रहेको छ ।
क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
