काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले अहिले तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ढाकामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भुटानले गोलरहित बराबरी खेलेका छन् ।
नेपाल आज लगातार तेस्रो जितको योजनामा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।
यस्तै नेपाल भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।
भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो ।
नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।
नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।