काठमाडौं । सेनेगलका स्टार फरवार्ड साडियो मानेले कतारको फिफा विश्वकप गुमाउने भएका छन् ।
सेनेगलका कप्तान समेत रहेका मानेले खुट्टाको टेण्डन चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका थिए ।
वेर्डेरविरुद्धको खेलमा चोट बोकेपछि माने २० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।
कतार विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
