विश्वकप अघि मानेले बोके चोट
बुधबार, कार्तिक २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सेनेगलका स्टार साडियो मानेले चोट बोकेका छन् ।
फिफा विश्वकप नजिकिदै गर्दा मानेले चोट बोकेका हुन् ।
जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले बुन्डेसलिगा अन्तर्गत मंगलबार राति वेर्डेर ब्रेमेनविरुद्धको खेलमा चोट बोकेका हुन् ।
वेर्डेरविरुद्धको खेलमा चोट बोकेपछि माने २० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।
मानेले घुँडाको चोट बोअकेको बताईएको छ । उनको चोटबारे क्लबले केहि जनाएको छैन ।
कतार विश्वकपमा सेनेगल समूह 'ए' मा रहेको छ ।
सेनेगलले नोभेम्बर २१ मा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप अघि मानेले बोके चोट






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






