बराबरीमा रोकियो मिलान
बुधबार, कार्तिक २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा मिलानले क्रेमोनिससँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा मिलानका डिभोक ओरिगीले ५६ औं मिनेटमा गोल गरेका थिए ।
तर, भीएआरले उनको गोललाई अफसाइड दिएको थियो ।
त्यसबाहेक मिलानले अन्य गोलको अवसरलाई सदुपयोग गर्न सकेन र अंक बाड्न बाध्य बन्यो ।
यस बराबरीसँगै मिलानले १४ खेलमा ३० अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा रहेको छ ।
क्रेमोनिस ७ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो मिलान






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






