एभर्टन बाहिरियो, लेस्टर अर्को चरणमा
बुधबार, कार्तिक २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एभर्टन काराबाओ कपको तेस्रो चरणबाट बाहिरिएको छ ।
मंगलबार राति भएको खेलमा बर्नेमाउथसँग ४-१ ले पराजित हुँदै एभर्टन बाहिरिएको हो ।
बर्नेमाउथको जितमा जमल लोवे,जुनियर स्टानलास,इमिलियानो मार्कोन्डेस र जयडोन एन्थोनीले गोल गरे ।
एभर्टनका डेमाराई ग्रेले एक गोल फर्काए ।
यस जितसँगै बर्नेमाउथले राउण्ड अफ १६ मा स्थान बनाएको छ ।
अर्को खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३-० ले हराएको छ ।
लेस्टरको जितमा जेमी भार्डीले दुई गोल गरे । जस्टिनले एक गोल थपे ।
लेस्टर राउण्ड अफ १६ मा प्रवेश गरेको छ ।
एभर्टन बाहिरियोलेस्टर अर्को चरणमा






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






