बायर्नको जितमा जिनाब्रीको ह्याट्रिक

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६-१ गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा सेर्जी जिनाब्रीले ह्याट्रिक गरे ।
खेलको छैटौं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए ।
दशौँ मिनेटमा एन्थोनी जङले गोल गर्दै वेर्डेरलाई १-१ गोलको बराबरीमा ल्याए ।
२२ औं मिनेटमा जिनाब्रीले गोल गर्दै टिमको अग्रता २-१ को बनाए ।
&w=707&quality=100)
खेलको २६ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दा बायर्न ३-१ ले अघि रह्यो ।
२८ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-१ को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा जिनाब्रीले ह्याट्रिक पूरा गरेपछि बायर्न ५-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा म्याथिस टेलले गोल गरेपछि बायर्नले ६-१ को फराकिलो जित निकाल्यो ।
जितसँगै बायर्नले १४ खेलमा ३१ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा रहेको छ ।
वेर्डेर २१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






