बार्सिलोनाको जित, लेवान्डोस्की र पिकेलाई रातो कार्ड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ । मंगलबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकालेको हो ।
बार्सिलोनाले लिगमा ५ अंकको अग्रता बनाएको खेलमा दुई मुख्य खेलाडीले रातो कार्ड खाए । फरवार्ड रोबर्ट लेवान्डोस्की र जेरार्ड पिकेले रातो कार्ड खादै मैदान बाहिरिए ।
फुटबलबाट सन्यासको घोषणा गरेका पिकेले अन्तिम खेल अघिनै राता कार्ड खाए । ३५ वर्षिया डिफेन्डरले रेफ्रीसँग विवाद गरेको विषयमा मैदान बाहिर रहदै रातो कार्ड खाएका थिए । उनी ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले दोस्रो पहेलो कार्ड खाएकोमा असन्तुष्ट थिए ।
डेभिड गार्सियाले खेलको सुरुवातमै घरेलु टोलीलाई अघि बढाएका थिए । दोस्रो हाफमा पेड्री र राफिन्हाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३७ र रियल मड्रिडको ३२ अंक छ । ओसासुना २३ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






