२०२२ को विश्वकप कतारलाई दिनु गल्ती - ब्लाटर

काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले सन् २०२२ को विश्वकप फुटबल आयोजनाको जिम्मेवारी कतारलाई दिने निर्णय 'गल्ती' भएको बताएका छन् ।
सन् २०१० मा फिफा विश्वकप २०२२ आयोजनाको जिम्मेवारी कतारले पाएको थियो । जतिबेला फिफाको अध्यक्षमा ब्लाटर रहेका थिए ।
८६ वर्षीय ब्लाटरले स्विस अखबारसँग कुरा गर्दै विश्वकप आयोजनाका लागि कतार सानो राष्ट्र भएको बताए ।
'फुटबल र विश्वकप यसको लागि धेरै ठूलो छ,' उनले भने, 'यो एक नराम्रो छनौट थियो र म त्यस समयमा अध्यक्षको रूपमा जिम्मेवार थिए।'
पछिल्लो समय कतार विश्वकपको आलोचना भईरहेको छ ।
कतार समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथि गरेको व्यवहारमा आलोचित बन्दै आएको छ ।
ब्लाटरले आफूले अमेरिकाको पक्षमा मतदान गरेको र कतारको पक्षमा मतदान गरेकोमा तत्कालीन युइएफए अध्यक्ष मिशेल प्लाटिनीलाई दोष दिए ।
'प्लाटिनी र यूईएफएको चार मतका लागि धन्यवाद । विश्वकप अमेरिकाको सट्टा कतारमा गयो । यो सत्य हो,' उनले भनेका छन् ।
विश्वकपको ९२ वर्षको इतिहासमा मध्यपूर्वमा पहिलो पटक विश्वकप आयोजना गर्न लागिएको हो । र, विश्वकप जाडो मौषममा पहिलो पटक आयोजना हुँदैछ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






