एन्फाले ८ देखि १८ वर्ष उमेर समूह खेलाडीलाई प्रशिक्षण दिने
मंगलबार, २२ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ८ देखि १८ वर्ष उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिने भएको छ।
एन्फाले मंगलबार एक सूचना निकाल्दै एन्फा कम्प्लेक्स सातदोबाटोमा हरेक शनिबार प्रशिक्षण दिने जनाएको छ ।
एन्फाले ८ देखि १८ वर्ष उमेरका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरेर प्रशिक्षण दिईने जनाएको छ ।
प्रशिक्षण आगामी मंसिर १० गतेबाट सुरु हुनेछ ।
एन्फाले प्रशिक्षणमा सहभागिता जनाउन मासिक १५ सय लाग्ने जनाएको छ ।

एन्फाले ८ देखि १८ वर्ष उमेर समूह खेलाडीलाई प्रशिक्षण दिने







-1770375849820.jpg&w=3840&q=75)






