बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

लुसियन लरेन्ट : विश्वकप फुटबलको पहिलो गोलकर्ता

मंगलबार, कार्तिक २२, २०७९नमीन ढकाल
लुसियन लरेन्ट : विश्वकप फुटबलको पहिलो गोलकर्ता
Classic Tech Internet Ad

इलाम ।  रोनाल्डो, जिनेदिन जिदान, एन्ड्रेस इनिएस्टा, फाबियो ग्रोसो, पेले, म्याराडोना र यहाँसम्म कि पापा बाउबा डिओप - हामी सबैलाई फिफा विश्वकपको पहिलो वा अन्तिम गोल गरेकोमा चिन्छौं । तर, त्यहाँ एक व्यक्ति छन् जसको गोलले सबै उन्मादलाई बाहिर निकाल्यो ।

सन् १९३० को उरुग्वे विश्वकप देखि २१ संस्करणको रुस विश्वकपको फाइनलसम्म १ हजार ३ सय भन्दा बढि खेलाडीले २ हजार ५ सय ४८ गोल गरेका छन् । तर, विश्वकप फुटबलमा पहिलो गोल गर्ने खेलाडी को होला ? फुटबलका चाख राख्नेहरुको लागि खोजीको विषय  समेत हो ।

विश्वकपको पहिलो गोलकर्ता हुन्,  फ्रान्सका लुसियन लरेन्ट । सन् १९३० मा भएको पहिलो विश्वकपमा मेक्सिकोविरुद्धको पहिलो खेलको १९ औं मिनेटमै गोल गर्दै कीर्तिमान रचेका थिए । यद्यपि उक्त विश्वकपमा एउटै समयमा फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमबीच उद्घाटन खेल खेलाइएको थियो ।

अर्को खेलमा अमेरिकाका बार्ट म्याकघीले २३ औं मिनेटमा मात्र गोल गर्न सकेकाले उनी विश्वकपको इतिहासमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे ।

Lucien Laurent, the first World Cup goalscorer

लरेन्ट पहिलो गोलको सम्झना यसरी गर्छन्, 'पहिलो दस मिनेटमा खेलमा कुनै पनि टोलीले वास्तवमा अग्रता लिन सकेनन् त्यसपछि, अचानक, डेलफोरले एक अवसर पाए र लिबेराटीलाई दाहिने विङ्गमा पास गरे लिबेराटीले मेक्सिकोका डिफेन्डरलाई पछि पारेपछि बल केन्द्रित भयो । मैले बललाई हावाबाट सीधै बाहिर निकाले र बोनफिग्लियो (मेक्सिकोका गोलरक्षक) लाई पछि पार्दै १–० को अग्रता दिलाए ती दिनहरूमा, बधाईहरू आजकल जस्तो उत्साहजनक थिएनन् । मैले पीठमा केही थोपाहरू पाएँ र यो भयो,’ उनले भने ।

'जब मैले मेरो गोल गरे, जुन प्रतियोगिताको पहिलो र फ्रान्सको लागि मेरो पहिलो थियो, हामीले एक अर्कालाई बधाई दिएका थियौं तर उनीहरूले अहिले जस्तै एकअर्कालाई उफ्रिन नदिईकन,’ उनले थपे ।

विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी पनि फ्रान्सकै आन्द्रे मास्चिनट हुन् । उनले मेक्सिकोविरुद्घको खेलको ४३औं र ८७औं मिनेटमा गोल गरेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिनुअघि लरेन्टले फ्रान्सका लागि केवल १० खेल खेलेर दुई गोल गरेका थिए । अर्को गोल १ वर्षपछि इङल्यान्ड विरुद्धको मैत्रीपुर्ण खेलमा गरेका थिए ।

Lucien Laurent, the first World Cup goalscorer

पहिलो विश्वकपको पहिलो र दोस्रो खेल खेले पनि घाइते भएका कारण उनले तेस्रो खेल भने खेल्न सकेका थिएनन् । घाइते भएकै कारण उनले सन् १९३४ को विश्वकप पनि खेल्न सकेनन् । उनले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । दोस्रो विश्वयुद्धको समयमा उनी सेनामा पनि भर्ना भए ।

विश्वयुद्धका क्रममा जर्मन सेनाले उनलाई तीन वर्ष बन्दी बनाएका थिए । सोही समयमा जर्मनहरुले उनको विश्वकप जर्सी समेत चोरेका थिए ।

No description available.

सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लरेन्टको मृत्यु ११ अप्रिल २००५ मा ९७ वर्षको उमेरमा फ्रान्सको बेसाङकनमा भयो ।

पहिलो गोलकर्ता लरेन्ट सन् १९९८ मा घरेलु भुमिमा फ्रान्सले ट्रफी चुमेको देख्ने पहिलो पुस्ताको एक मात्र साक्षी बन्ने अवसर पाए ।

Bajaj Pulsar Motorcycle Ad
लुसियन लरेन्ट : विश्वकप फुटबलको पहिलो गोलकर्ता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

Bajaj Pulsar Motorcycle Ad
राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित