फिफा एमए रेफ्रीङ कोर्स सुरु
मंगलबार, कार्तिक २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाँच दिने फिफा एमए रेफ्रीङ कोर्स सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारबाट कोर्स सुरु भएको जनाएको छ ।
फिफा आरडीओ मोहम्मद रोडजाली बिन याकोब र फिफा रेफ्री प्राविधिक प्रशिक्षक साचिको यामागिशीले कोर्स संचालन गरिरहेका छन् ।
कोर्समा ४० जनाको सहभागिता रहेको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले कोर्सको उद्घाटन गर्दै सहभागीहरुलाई शुभकामना दिए ।
उनले कोर्स सञ्चालनका लागि फिफालाई धन्यवाद दिँदै यसले नेपाली रेफ्रीहरूको ज्ञान अपडेट गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा फिफाका प्रशिक्षक यामागिशीले एन्फा महासचिव किरण राईलाई १ सय रेफ्री पोशाक हस्तान्तरण गरेका थिए । उक्त पोशाक जापान फुटबल संघले उपहार दिएको हो ।

फिफा एमए रेफ्रीङ कोर्स सुरु






-1762997834781.jpeg&w=3840&q=75)






