थापा राष्ट्रिय टिमको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले मंगलबार मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।
एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।
फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो ।
निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीना दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षक विहीन रहदै आएको छ ।
यस अघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम हेरेका थिए ।






-1762997834781.jpeg&w=3840&q=75)






