विश्वकप खेल्ने डेनमार्कको टोलीमा एरिक्सन
मंगलबार, कार्तिक २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि डेनमार्कले प्रारम्भिक टोलीको घोषणा गरेको छ।
डेनमार्कले विश्वकपका लागि २१ सदस्सीय टोलीको घोषणा गरेको हो ।
डेनमार्कले घोषणा गरेको टोलीमा क्रिस्टियन एरिक्सन अटाएका छन् ।
म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एरिक्सनलाई युरोकप दौरान हृदयघात भएको थियो ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
डेनमार्कले नोभेम्बर २२ मा ट्युनिसियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने डेनमार्कको टोलीमा एरिक्सन






-1762997834781.jpeg&w=3840&q=75)






