रियलको पहिलो हार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो ।
खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
४४ औं मिनेटमा अल्भारो ग्रासियाले गोल गर्दै भालेकानोलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६७ औं मिनेटमा ओस्कार ट्रेजोले गोल गर्दै भालेकानोलाई ३-२ को जित दिलाए ।
यस जितसँगै भालेकानोले १३ खेलमा २१ अंक जोडेको छ ।
भालेकानो आठौं स्थानमा रहेको छ ।
हारसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।
रियलको यो सिजनको पहिलो हार हो ।
रियल १३ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।






-1762997834781.jpeg&w=3840&q=75)






