युरोपा लिग 'ड्र' - बार्सिलोना र युनाईटेड भिड्ने
सोमबार, कार्तिक २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको 'ड्र' सार्वजनिक भएको छ ।
यूईएफएले सोमबार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको 'ड्र' अनुसार बार्सिलोनाले म्यानचेस्टर युनाईटेडसँग खेल्ने भएको छ ।
यस्तै युभेन्ट्सले नान्टेससँग खेल्दा सेभियाले पीएसभीसँग खेल्नेछ ।
रोमाले साल्जवर्गसँग प्रतिस्पर्धा गर्दा लिभरकुसेनले मोनाकोसँग खेल्नेछ ।
आयाक्सले युनियन बर्लीनसँग खेल्दा रेनसले शाख्तरसँग तथा स्पोर्टिङले मिड्जीलान्डसँग खेल्नेछ ।
दुई लेगमा हुने नकआउट चरणको पहिलो लेग फेब्रुअरी १६ मा हुनेछ ।
युरोपा लिग 'ड्र' - बार्सिलोना र युनाईटेड भिड्ने






-1762997834781.jpeg&w=3840&q=75)






