भुटानमाथि बंगलादेशको फराकिलो जित
सोमबार, कार्तिक २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली बंगलादेशले साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ ।
ढाकामा सोमबार भएको खेलमा भुटानलाई ९-० गोल अन्तरले हराउँदै बंगलादेशले दोस्रो जित निकालेको हो ।
जितसँगै बंगलादेशले ३ खेलमा ६ अंक जोडेको छ ।
भुटानको यो लगातार तेस्रो हार हो ।
अब बंगलादेशले अन्तिम खेलमा नेपालसँग शुक्रबार खेल्नेछ ।
नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
नेपालले बुधबार भुटानसँग खेल्नेछ ।
यस अघि नेपालले भुटानलाई ७-० र बंगलादेशलाई १-० ले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
भुटानमाथि बंगलादेशको फराकिलो जित






-1762997834781.jpeg&w=3840&q=75)






