राउण्ड अफ १६ मा रियल र लिभरपुल भिड्ने

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरण अर्थात् राउण्ड अफ १६ को 'ड्र' सार्वजनिक भएको छ ।
यूईएफएले सोमबार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको छ ।
सार्वजनिक 'ड्र' अनुसार साविक विजेता तथा स्पेनिस क्लब रियल मड्रिडले राउण्ड अफ १६ मा इंग्लिस क्लब लिभरपुललाई प्रतिद्वन्दी पाएको हो ।
यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले राउण्ड अफ १६ मा जर्मन क्लब बायर्न म्युनिखलाई प्रतिद्वन्दी पाएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रतिद्वन्दी जर्मन क्लब आरबी लाइपजिगसँग खेल्नेछ ।
चेल्सीले राउण्ड अफ १६ मा बोरुसिया डर्टमण्डलाई प्रतिद्वन्दी पाएको छ भने टोटेनहमले एसी मिलान प्रतिद्वन्दी पाएको छ।
त्यस्तै इटालियन क्लब नापोलीले जर्मन क्लब फ्रान्कफुर्टसँग खेल्दा पोर्चुगिज क्लब बेन्फिकाले क्लब ब्रुगको सामना गर्नेछ ।
अर्को इटालियन क्लब इन्टर मिलानले पोर्टोलाई प्रतिद्वन्दी पाएको छ ।
नकआउट चरणका खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगको हुनेछ ।
नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ । दोस्रो लेग ७,८,१४ र १५ मार्चमा हुनेछ ।






-1762997834781.jpeg&w=3840&q=75)






