काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले मुख्य प्रशिक्षक राल्फ हसेनहटललाई बर्खास्त गरेको छ ।
साउथह्याम्पटनले सोमबार एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षक राल्फलाई बर्खास्त गरिएको जनाएको छ ।
प्रिमियर लिगमा न्युकासलसँग ४-१ को हार व्यहोरेको दोस्रो दिन राल्फ बर्खास्तमा परेका हुन् ।
यस सिजन साउथह्याम्पटन १४ खेलमा १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
पछिल्लो पटक साउथह्याम्पटनले १९ अक्टोबरमा बर्नेमाउथविरुद्ध जित निकालेको थियो ।
अष्ट्रियन प्रशिक्षक सन् २०१८ को डिसेम्बरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।