काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज सोमबार नकआउट चरण अर्थात् राउण्ड अफ १६ को ड्र सार्वजनिक हुँदैछ ।
नकआउट चरणको 'ड्र' नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
यस पटक समूह विजेताको रुपमा रियल मड्रिड, बायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, बेन्फिका, नापोली, पोर्टो र टोटेनहमले नकआउट चरणमा स्थान बनाएका छन् ।
यस्तै उपविजेताको रुपमा लिभरपुल, एसी मिलान, पेरिस सेन्ट जर्मेन, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, फ्रान्कफुर्ट र क्लब ब्रुग रहेका छन् ।
नकआउट चरणका खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगको हुनेछ ।
नकआउट चरणको पहिलो लेग फेब्रुअरी १४,१४,२१ र २२ हुनेछ । दोस्रो लेग ७,८,१४ र १५ मार्चमा हुनेछ ।
