फरवार्ड सन विश्वकपसम्म फिट हुने विश्वास
सोमबार, कार्तिक २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले दक्षिण कोरियाका फरवार्ड सन ह्युङ मिन कतार विश्वकपसम्ममा फिट हुनेमा विश्वस्त रहेको बताएका छन् ।
सनले च्याम्पियन्स लिग अन्तर्गत मार्सेविरुद्धको खेलमा चोट बोकेका थिए । उनको बायाँ आँखाको माथिल्लो भागमा चोट लागेको थियो ।
सनको शुक्रबार शल्यक्रिया गरिएको थियो । उनी आराम गरिरहेका छन् ।
'मैले शल्यक्रियापछि उनलाई सन्देश पठाएँ र सोनी वास्तवमै यस अवस्थाबाट निराश थिए तर मलाई आशा छ कि उनी राम्रोसँग निको हुनेछन् र विश्वकप खेल्नेछन्,' उनले भने, 'म एक खेलाडी थिएँ र मलाई विश्वकपमा खेल्नुको महत्त्व थाहा छ।'

कतार विश्वकप आगामी नोभेम्बर २० देखि सुरु हुँदैछ ।
विश्वकपमा दक्षिण कोरियाले पहिलो खेल २४ नोभेम्बरमा उरुग्वेसँग खेल्नेछ ।
फरवार्ड सन विश्वकपसम्म फिट हुने विश्वास






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)





