काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सलाई जित दिलाउन एड्रियन राबिओट र निकोलो फागीओलीले एक एक गोल गरे ।
खेलको ५२ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा निकोलोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
जितसँगै युभेन्ट्सले १३ खेलमा २५ अंक जोडेको छ ।
युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।
इन्टर २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।